३१ असार २०८३, बुधबार

विश्वव्यापी गरीबी घटाउने दृष्टिकोण प्रस्तुत गर्ने ३ अर्थशास्त्रीले पाए नोबेल पुरस्कार

विश्वव्यापी गरीबी घटाउने दृष्टिकोण प्रस्तुत गर्ने ३ अर्थशास्त्रीले पाए नोबेल पुरस्कार

काठमाडौं – अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार तीन अर्थशास्त्रीहरू अभिजित बनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरलाई दिने घोषणा सोमवार गरिएको छ । 

द रोयल स्विडिश एकेडमी अफ सायन्सेसले विश्वव्यापी गरीबी न्यूनीकरणका लागि परीक्षणात्मक दृष्टिकोण अपनाएकाले उनीहरूले पुरस्कृत गरिएको जनाएको छ । 

द रोयल स्विडिश एकेडमी अफ सायन्सेसले लेख्यो– हालै नाटकीय सुधारहरू भए पनि मानवताका लागि महत्त्वपूर्ण विषय भनेको विश्वव्यापी गरीबीको न्यूनीकरण नै हो । 

७० करोडभन्दा बढी मानिस अहिले पनि अति नै न्यून आयमा बाँचिरहेका छन् । प्रत्येक वर्ष लगभग पाँच वर्षमुनिका ५० लाख बालबालिका रोकथाम गर्न सकिने वा सस्तो उपचारबाट निको पार्न सकिने रोगका कारण मरिरहेका छन् ।

विश्वका आधा जसो बालबालिकाले आधारभूत शिक्षा समेत पाएका छैनन् । 

यस वर्षका विजेताहरूले विश्वव्यापी गरीबीसँग लड्न विश्वासयोग्य उत्तरहरू प्राप्त गर्न नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन् । यस क्रममा उनीहरूले यसलाई ससाना तथा व्यवस्थापन गर्न सकिने प्रश्नमा विभाजित गरिएको छ । उदाहरणका लागि, शिक्षा वा बालबालिकाको स्वास्थ्य सुधारमा हस्तक्षेप । 

सन् १९९० को दशकको मध्यमा माइकल क्रेमर र उनका सहकर्मीहरूले यो दृष्टिकोण कति शक्तिशाली हुन सक्छ भनी देखाए । उनीहरू पश्चिमी केन्यामा विद्यालयका परिणामहरू सुधार्नका लागि विभिन्न किसिमका हस्तक्षेप गरे । 

अभिजित बनर्जी र एस्थर दुफ्लोले क्रेमरसँग मिलेर अन्य विषयमा तथा अन्य देशमा पनि परीक्षण गरे । उनीहरूको परीक्षणात्मक अनुसन्धान पद्धति अहिले विकास अर्थतन्त्रमा पूर्णतया हावी छ ।

४६ वर्षको उमेरमा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने सबभन्दा कान्छी अर्थशास्त्री हुन् । अर्थशास्त्रमा नोबेल पाउने उनी दोस्री महिला हुन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्