०७ साउन २०८३, बिहीबार

बीसीसीआई अध्यक्ष बने गांगुली, यसकारण कार्यकाल भने १० महिना मात्र !

बीसीसीआई अध्यक्ष बने गांगुली, यसकारण कार्यकाल भने १० महिना मात्र !
Photo : outlookindia.com

काठमाडौं – भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नयाँ अध्यक्षमा निर्विरोध भएका छन् । यसको घोषणा बीसीसीआईका पूर्व सदस्य राजीब शुक्लाले सोमबार मुम्बइमा गरे ।

शुक्लाका अनुसार बीसीसीआई अध्यक्षमा गांगुलीको मात्र उम्मेदवारी परेको छ । उनी निर्वाचित भएको घोषणा भने २३ अक्टोबरमा हुनेछ ।

भारतका लागि ४ सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका गांगुलीले बीसीसीआईको नेतृत्व भने मात्र १० महिना सम्हाल्न पाउनेछन् । उनको कार्यकाल सेप्टेम्बर २०२० मा सम्पन्न हुनेछ ।

५ वर्ष २ महिनादेखि गांगुली बंगाल क्रिकेट एसोसिएसनको अध्यक्ष छन् । बीसीसीआईको नयाँ नियम अनुसार कुनै पनि व्यक्ति ६ वर्षभन्दा बढी एउटै प्रकृतिको पदमा बस्न पाउँदैन ।

सोही कारण आईसीसीपछि विश्व क्रिकेटकै सबैभन्दा शक्तिशाली मानिने बीसीसीआईमा गांगुलीको नेतृत्व मात्र १० महिना रहने छ ।

कमेन्ट गर्नुहोस्