१३ असार २०८३, शनिबार

जब शीले भने –‘आतिथ्यबाट आल्हादित भएँ’...

असोज २८, २०७६
जब शीले भने –‘आतिथ्यबाट आल्हादित भएँ’...

काठमाडौं – चिनियाँ राष्ट्रपति शी चिनफिङ राजकीय भोजको आतिथ्य पूरा गरेर शनिबार राति १०:३० बजे होटल सोल्टीको विशिष्ट शयनकक्षमा पुगिसकेका थिए ।

भ्रमणको थकान र कार्यतालिकाको चटारो भए पनि राष्ट्रपतिले आफ्ना शिष्टाचार महापालमार्फत नेपाल–नेपालीलाई मध्यरातमै सन्देश पठाउन चाहे । 

राष्ट्रपति शीसँगै आएका चिनियाँ विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल होङ लीले त्यो सन्देश बोकेर आएका थिए, नेपाली समकक्षीछेउ । परराष्ट्रका प्रमुख शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीलाई नजिकै बोलाएर लीले भने, ‘नेपाल र नेपाली जनताले आफूमाथि देखाएको सद्भाव र आतिथ्यले आफू आल्हादित भएको महामहिम राष्ट्रपति शीको सन्देश छ । एयरपोर्ट, बाटोमा सबैतिर फूलका गुच्छाले गरिएको स्वागत र सद्भावले म प्रफुल्लित बनेको छु । नेपाल र नेपालीको यस्तो आतिथ्य मेरा लागि ऐतिहासिक छ ।’

यति मात्रै होइन, यो आतिथ्य र हार्दिकताको सन्देशलाई चिनियाँ जनतामाझ पुर्‍याउन राष्ट्रपति शीले काठमाडौं आएका सम्पूर्ण चिनियाँ सञ्चारकर्मीलाई समेत आग्रह गरेका थिए । राष्ट्रपतिको यो सन्देश चीनमा शनिबार राति नै चिनियाँ मिडियाहरूमार्फत पुगिसकेको थियो । ‘यो अनुभूति मात्रै गर्ने कुरा हो,’ राष्ट्रपति शीले पठाएको सन्देशबारे सूचना पाइसकेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘राष्ट्रपति शीको सफलता एवं ऐतिहासिक भ्रमणप्रति सम्पूर्ण नेपाल र नेपालीसमेत आनन्दित बनेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्