१० साउन २०८३, आइतबार

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहाल नियुक्त

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहाल नियुक्त

काठमाडौं – अस्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अस्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

'आज मिति २०७६ साल असोज २८ गते मंगलवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।

मानव तस्करीको आरोप लागेकी लक्की शेर्पालाई फिर्ता बोलाएपछि अस्ट्रेलियास्थित नेपाली दूतावास राजदूतविहीन थियो ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्