३० जेठ २०८३, शनिबार

‘विज्ञान प्रविधि अन्तर्राष्ट्रिय युवा सम्मेलन’ कात्तिकमा

‘विज्ञान प्रविधि अन्तर्राष्ट्रिय युवा सम्मेलन’ कात्तिकमा

काठमाडौं – सरकारले देशका युवाहरुमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको प्रयोगसम्बन्धी चाहना जगाउने उद्देश्यले ‘विज्ञान प्रविधि र नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलन’ को आयोजना गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा पहिलोपटक आयोजित सो सम्मेलन यही कात्तिक ४ देखि ६ गतेसम्म काठमाडौंमा हुनेछ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले यहाँ आज पत्रकारसम्मेलन गरी सम्मेलनमा नेपालभित्र तथा बाहिर रहेका उत्कृष्ट नेपाली वैज्ञानिक तथा प्राविधिकहरु, विधागत उत्कृष्टता हासिल गरेका विदेशी वैज्ञानिक तथा प्राविधिक, नेपालका युवा वैज्ञानिक तथा प्राविधिक र सरकारका सम्बन्धित अधिकारीहरुको सहभागिता हुने जानकारी दिएको हो । 

पत्रकारसम्मेलनमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले करीब ३०० जना वैज्ञानिकको सहभागिता हुने सम्मेलनमा जल तथा ऊर्जा, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र अर्थशास्त्रलगायतका विषयमा ६५ वटा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए। उपाध्यक्ष ढुङ्गेलका अनुसार सम्मेलनबाट देशका युवाहरुमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि प्रेरणा प्राप्त हुने अपेक्षा गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्