२७ जेठ २०८३, बुधबार

राजविराजमा भेटिएका दुईवटै बम निष्क्रिय

कात्तिक २०, २०७४
राजविराजमा भेटिएका दुईवटै बम निष्क्रिय

राजविराज, २२ चैत– सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ ।

राजविराज नगरपालिका–४ स्थित कल्टु पोखरी छेउमा रहेको व्यापारी विनोद चौधरी ९दास०को घरको मूलगेट र राजविराज नगरपालिका–५ स्थित कञ्चपुर रोडमा रहेको छोटु भनिने रवीन्द्र यादवको घर अगाडि बम फेला परेको थियो ।

दुवै ठाउँमा फेला परेको बमलाई राजविराज नगरपालिका–४ मा रहेको कल्टुपोखरीमा डिस्पोजल टोलीले डिस्पोज गरेको बताइएको छ ।

बम फेला परेको ठाउँमा आज बिहानैदेखि स्थानीयवासी त्रसित हुनुका साथै नजिकैको विद्यालयमा वार्षिक परीक्षा दिन आउने विद्यार्थी समेत त्रसित भएका थिए ।

दुवै स्थानबाट तराईमा सशस्त्र सङ्घर्षरत गर्दै आएका (जयकृष्ण गोइत) नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चासमेत फेला परेका छन् ।

यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले एक प्रेस विज्ञप्ति जारी गर्दै दुवै बमको जिम्मेवारी लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्