पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कात्तिक २, २०७६
इच्छाशक्तिले मात्र सम्भव नहुँदो रहेछ सबैथोक । ओशो आश्रम तपोवन जाने इच्छा धेरै पहिलादेखि थियो मेरो । लामो काठमाडौं बसाइ र व्यर्थको व्यस्तताको कारण तपोवन जान सम्भव भइरहेको थिएन ।
गत हप्ता तपोवन जाने साइत जुर्यो । तपोवनबारे सुनेको थिए, बुझेको थिए र त्यहाँ नपुगेर पनि त्यसको अनुतूति भने अवश्य गरेको थिएँ । तपोपनमा आफ्नो भौतिक उपस्थितिपश्चात समय निकालेर तपोवनमा घण्टौं बास गर्नुपर्छ भन्ने बोध भयो ।
तपोवन जाने मानिसको कमी छैन । हरेक जात धर्मका मानिस त्यहाँ जाने गर्छन् । अर्थात् त्यहाँ मानिसको राम्रै उपस्थिति हुन्छ । यद्यपि तपोवन पुगेर एक विशेष अनुभूति हुने गर्छ । त्यो हो मानिसको भीडमा पनि एकान्तपनाको अद्भुत अनुभूति ।
काठमाडौंको कोलाहल, प्रदूषित हावा र भौतिकवादको अन्तहीन यात्राभन्दा भिन्न किसिमको उर्जाले भरिएको नागार्जुनस्थित झरना, हरिया पहाड, चराको सुरिलो रागले अकल्पनीय आनन्द प्रदान गर्छ र सबैभन्दा महत्त्वपूर्ण आम मानिसले बुझेर पनि अबुझ जस्तो गर्ने मृत्यु जस्तो अन्तिम सत्यबारे तपोवनले चेतनाको द्वार खोलिदिन्छ । त्यसको स्रोत हो गत वर्ष तपोवनका संस्थापक एवं सञ्चालक स्वामी आनन्द अरुणको मष्तिस्कको उपज ‘डेथ पार्क’ ।
पार्कभित्र दार्शनिक सोर्केट, देवकोटा, रबिन्द्रनाथ टेगोर, महात्मा गान्धीका तस्वीर र उनीहरूले मृत्युबारे दिएका अभिव्यक्ति प्रस्तुत मात्र गरिएको छैन, मृत्यु शैयामा स्वामी आनन्द अरुण आफैंलाई सुताएको कृत्रिम ‘स्ट्याच्यु’ राखिएको छ ।
यी सबै रचनाले मृत्यु वास्तवमै अन्तिम सत्य हो भने सहज भान गराउँछ । पार्कमा एकछिन एकान्तचित्त भएर बस्ने हो भने यसले धेरै हदसम्म मृत्युदेखिको भयलाई मनबाट हटाउन सहयोग गर्छ । अवश्यम्भावी मृत्युले यो पनि सिकाउँछ कि हामी वर्तमानलाई आनन्दमय बनाउँदै बाँच्नुपर्छ ।
संसारका सम्पूर्ण प्राणीमा दुःख छ । यी सबैका दुःखको कारण पनि छ । किनभने कुनै पनि भौतिक आध्यात्मिक वस्तु अकारण बनेका छैन्न । संसारका सबै वस्तु परिवर्तनशील छन् । मृत्युको कारण जन्म हो, जन्मको कारण तृष्णा हो र तृष्णाको कारण अज्ञान हो । दुःखका कारण नष्ट हुने हो भने दुःखको नष्ट पनि हुन्छ । यो पार्कले धेरै कुराको अनुभूति गराउँछ ।
मैले भ्याएसम्म सोधखोज गर्दा विश्वमा यस्तो पार्क नरहेको निचोडमा पुगे । विश्वका नौला एवं विलक्षण कुरालाई गिनिज बूकमा राख्ने अन्तर्राष्ट्रिय मान्यता छ । के नेपालको भूमिमा निर्मित मृत्यु पार्कलाई गिनिज बूकमा दर्ता गराउन पहलको आवश्यकता छैन ? प्रचारको आवश्यकता छैन ? राज्यको सक्रियता खोज्नु हामी नेपालीको कर्तव्यभित्र पर्दैन ?
हामी कल्पना गरौं – यो पार्क पश्चिमा देशमा भएको भए अहिले विश्वको कुनाकुनामा यसको महत्त्वबारे चर्चा भइसकेको हुन्थ्यो होला । पश्चिमा देशमा मात्रै होइन, छिमेक राष्ट्र भारतमै भएको भए त्यहाँ सरकारी स्तरबाटै विभिन्न किसिमको अग्रसरता र पहलकदमी उठिसकेको हुन्थ्यो । तर हामी पूर्वीय सभ्यताका मानिस आफूलाई आधुनिक भएको दर्शाउन पश्चिमा सभ्यतासँग कृत्रिम सामिप्यता प्रदर्शन गर्छौं अस्वाभाविक तरिकाले ।
नेपाल इतरका देशमा भएका पार्कहरू रोयल बोटानिक, पार्क गुबेल, सेन्ट्रल पार्क, हाइड पार्कको खुब चर्चा गर्छौं हामी । आफ्नै देशका प्राकृतिक सम्पदाको बेवास्ता गरेर अमेरिका, युरोप सम्झिन्छौं ।
देशको पर्यटन मन्त्रालय मात्र होइन, सम्पूर्ण देश एक किसिमले पर्यटन वर्ष २०२० सफल पार्नको लागि आफ्नो क्षमता अनुसार लागिपरेको बुझ्न सकिन्छ । तपोवन एउटा यस्तो आनन्दमयी आध्यात्मिक स्थल हो, जहाँ हजारौं पर्यटकको आवतजावतको निरन्तरता छ । नागार्जुन पर्वतको सानको रुपमा तपोवनलाई मान्दा अतिशयोक्ति नहोला ।
प्रकृतिको काँखमा अवस्थित तपोवन प्रदूषणरहित र सुविधासम्पन्न स्थलको रुपमा रहेको कसैबाट लुकेको छैन । देशमा पर्यटन वर्ष २०२० को चर्चा भइरहँदा तपोवन छायाँ परेको अनुभूति हुनु आफैंमा असहजताको बोध गराउँछ । पर्यटन मन्त्रीजीलाई तपोवनमा निर्मित संसारकै लागि अदभुत हुनसक्ने ‘डेथ पार्क’बारे पुष्ट जानकारी छ वा छैन उनैलाई थाहा होला तर पर्यटन मन्त्रीजीलाई पार्कबारे विशिष्ट जानकारी हुनु अतिआवश्यक छ ।
यसले पर्यटन वर्ष सफलताको लागि एउटा प्रमुख आयामको भूमिका मात्र खेल्ने छैन, अपितु विश्वमा यसको प्रचार हुने हो भने सम्पूर्णतामा यसले देशको नाम उच्च गर्ने छ ।
तपोवनको ‘डेथ पार्क’ले नेपालको सनातन संस्कारको प्रदर्शन गरेको छ । पुर्वीय दर्शनले स्थापित गरेको सत्यलाई अहिलेको उत्तर आधुनिक युग र भौतिकवाद झाँगिदै गरेको समयमा आफ्नो संस्कार र सभ्यताको चिरहरण हुनबाट रोक लगाउन सकिन्छ र परमसत्य मानिने मृत्युलाई सहजरुपमा लिई वर्तमानलाई सार्थक बनाउन ठूलो योगदान पुर्याएको अनुभूति गराउँछ । यस्तो गहनतम् महत्त्व बोकेको पार्कबारे कति नेपाली सुसूचित छन् त ? पर्यटन मन्त्रालय यसबारे कतिको जानकार छन् ? यस्ता अस्वाभाविक सवालको वास्तविक उठान आफैंमा पीडादायी छ ।
अतः तपोवन आश्रमले स्वयं पनि ‘डेथ पार्क’को प्रचारको आयतनलाई फराकिलो बनाउनु आवश्यक छ । देशका मिडियाले पार्कबारे सक्दो प्रचारप्रसार गर्नुपर्ने आवश्यकता छ । गिनिज बुकमा पार्कलाई स्थान दिलाउन सरकारको सार्थक पहलकदमी आजको माग रहेको छ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...