३० जेठ २०८३, शनिबार

अपाङ्ग महिला ‘वलात्कार’ गरेको आरोपमा समातिए प्रहरी असई

कात्तिक ४, २०७६
अपाङ्ग महिला ‘वलात्कार’ गरेको आरोपमा समातिए प्रहरी असई

अपांगता भएकी ४५ वर्षीया महिला बलात्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय धरानका एक असई पक्राउ परेका छन् । 
पीडितका आफन्तले दिएको जाहेरीको आधारमा धरान ४ पत्रांगबारीस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज पिताम्बर अधिकारी पक्राउ परेका हुन् । 
पतिको मृमत्युपछि १० वर्षीया छोरासँग बस्दै आएकी बोल्न नसक्ने ति महिलालाई गत असोज २५ मा जबरजस्ती करणी गरेको भन्दै आफन्तले इप्रका धरानमा गत शुक्रबार किटानी जाहेरी दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्