३० जेठ २०८३, शनिबार

महराद्वारा आरोप इन्कार, अब थप बयान लिनुनपर्ने

कात्तिक ४, २०७६
महराद्वारा आरोप इन्कार, अब थप बयान लिनुनपर्ने

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको बलात्कार प्रयासको आरोप इन्कार गरेका छन् । 

सरकारी वकिलको उपस्थितिमा आइतबार प्रहरीले लिएको बयानमा उनले कसुर इन्कार गरेपनि त्यस क्रममा पेस गरेको केही तथ्य भने स्वीकारेको स्रोतले बताएको छ । 

‘उहाँमाथि जे आरोप थियो, त्यसमा त अस्वीकार गर्नुभयो’, स्रोतले भन्यो, ‘त्यस क्रममा पेस भएका कतिपय तथ्य भने उहाँले स्वीकार गर्नुभएको छ।’ 

प्रहरीले अनुसन्धानबाट केही प्रमाण भेटेर सोध्नुपरेको अवस्थामा बाहेक अब थप बयान लिनुनपर्ने निष्कर्षसमेत निकालेको छ । प्रहरीले अनुसन्धान सकिएपछि सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाउने छ । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्