२५ जेठ २०८३, सोमबार

काठमाडौंका सडकमा जिङ्ग्रिङ्ग परेका मान्छे देखिन्थे, अहिले त्यो छैन – प्रधानमन्त्री ओली

कात्तिक ४, २०७६
काठमाडौंका सडकमा जिङ्ग्रिङ्ग परेका मान्छे देखिन्थे, अहिले त्यो छैन – प्रधानमन्त्री ओली
फाइल फोटो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंमा सडकमा बस्ने मानिसहरू देख्न छाडिएको जिकिर गरेका छन् ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्याश गर्दै सोमवार प्रधानमन्त्री ओलीले यस्तो जिकर गरेका हुन् ।

'तपाईं–हामी सडकमा हिँड्दा काठमाडौंमा अलपत्र परेका, जिङ्ग्रिङ्ग परेका मान्छे देख्थ्यौं, अहिले त्यो छैन,' प्रधानमन्त्री ओलीले भने, 'अब नेपाल भन्ने देशमा सडकमान्छे देख्नै पाइन्न ।'

मुलुकलाई सडकमानवमुक्त बनाउने अभियानमा रहेको भन्दै प्रधानमन्त्री ओलीले दु:ख पाएर सडकमा जीवन व्यतित गरिरहेकाहरूको जिम्मा सरकारले लिने बताए ।

साथै उनले काम नगर्ने, कुरा काटेर बस्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।

'केही पनि नसोच्ने, आँट पनि नगर्ने, काम पनि नगर्ने, कुरा मात्र काटेर बस्ने प्रवृत्ति छ,' प्रधानमन्त्री ओलीले भने, 'अब कुरा काट्ने होइन, काम काट्ने ।'

नेपाल कसैले नबनाइदिने भन्दै प्रधानमन्त्री ओलीले नेपाली आफैंले बनाउनुपर्ने बताए । त्यसक्रममा उनले जापान र चीनको उदाहरण दिए ।

'जापान कसैले बनाएको होइन आफैंले बनाएको, चीनजस्तो ठूलो देश कसैले बनाइदिन सक्दैन, उनीहरू आफैंले बनाएका हुन्,' प्रधानमन्त्री ओलीले भने, 'हामी पनि आफैंले सोच्नुपर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्