२६ जेठ २०८३, मंगलबार

विप्लव समूहको केन्द्रीय सदस्यबाट जिम्मेवारीमुक्त भएका गुणराज लोहनी पक्राउ

कात्तिक ५, २०७६
विप्लव समूहको केन्द्रीय सदस्यबाट जिम्मेवारीमुक्त भएका गुणराज लोहनी पक्राउ

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता गुणराज लोहनी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई पक्राउ गरेको हो । 
उनलाई पक्राउ गर्न प्रहरी टोली मंगलबार बिहानै भरपुरस्थित घरमा पुगेको थियो । उनलाई पक्राउ गरेर जिप्रकामा ल्याइएको प्रहरीले जनाएको छ । 
हालै सम्पन्न विप्लव समूहको बैठकले उनलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । हटाउनुको कारण भने विप्लव समूहले केही खुलाएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्