१८ असार २०८३, बिहीबार

निजी क्षेत्रले रत्ननगरको फोहोर व्यवस्थापन गर्ने

कात्तिक ५, २०७६
निजी क्षेत्रले रत्ननगरको फोहोर व्यवस्थापन गर्ने

चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहोर सङ्कलनको काम शुरु गरेको छ । फोहोर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि सो नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो । 

 फोहोर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्काली माई उद्योग प्रालि काठमाडौँसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोख्रेलले जानकारी दिए । प्रालिले कात्तिक १ गतेबाट फोहोर सङ्कलनको काम शुरु गरेको छ । सो कम्पनीले वार्षिक रु १० लाख ६६ हजार नगरपालिकालाई बुझाउने गरी फोहोर सङ्कलनको जिम्मेवारी दिएको उनले जानकारी दिए ।

रत्ननगरमा दैनिक करीब २५ टन फोहोर सङ्कलन हुन्छ । नगरपालिकाले सङ्कलित फोहोर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ । फोहोरलाई वर्गीकरण गर्ने, सडने र नसड्ने छुट्याएर सड्ने फोहोरबाट प्राङ्गारिक मल र नसड्ने फोहोर पुनः प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ ।  रत्ननगरमा सरसफाइ शुल्कबापत वार्षिक रु २२ लाख सङ्कलन  हुने र फोहोर सङ्कलनका लागि करीब रु एक करोड खर्च हँुदै आएको छ । 

नगरपालिका प्रमुख नारायण वनले फोहोरलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्ने गरी निजी कम्पनीलाई  जिम्मेवारी दिइएको बताए । निजी क्षेत्रलाई फोहोरको व्यवस्थापन गर्ने जिम्मा दिएसँगै नगरपालिकालाई वार्षिक रुपमा रु ७८ लाख वचत हुने भएको छ । सो रकम विकास निर्माणमा खर्च गरिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्