२१ जेठ २०८३, बिहीबार

सांसद कँडेल उर्फ ‘मुन्नाबाबु’ विरुद्ध भारतमा अपहरण मुद्दा

कात्तिक ६, २०७६
सांसद कँडेल  उर्फ ‘मुन्नाबाबु’ विरुद्ध भारतमा अपहरण मुद्दा
फाइल तस्वीर

काठमाडौं –दोहोरो नागरिकता विवादमा मुछिएका कांग्रेस सांसद देवेन्द्रराज कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा पनि चलिरहेको छ । उनीमाथि उत्तरप्रदेश, ठुटीबारीका उज्ज्वल सिंहको अपहरण गरेको आरोप छ ।

हिन्दुस्तान दैनिकका अनुसार चार वर्षअघि उज्ज्वल नेपाल आएका वेला कँडेलको योजनामा नवलपरासीबाट उनको अपहरण गरिएको थियो । कँडेलसहित पाँचजनाविरुद्ध उज्ज्वलकी पत्नी सुनिता सिंहले भारतीय प्रहरीको महाराजगन्ज तहसिलमा जाहेरी दिएकी थिइन् । अहिले त्यो मुद्दा इलाहावाद हाइकोर्टमा विचाराधीन छ ।

जाहेरीअनुसार उज्ज्वललाई ३० अक्टुबर २०१५ मा अपहरण गरिएको थियो । त्यतिवेला अपहरणविरुद्ध ठुटीबारीमा स्थानीयले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले ठुटीबारी बजार नै बन्द गराएर दशगजा क्षेत्रमा पनि नाराबाजी गरेका थिए ।

अनुसन्धानको विवरण प्राप्त भएपछि त्यहीअनुसार कारबाही : उपसभामुख

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले देवेन्द्रराज कँडेलसँग दोहोरो नागरिकता रहेकोबारे संसद्सँग औपचारिक जानकारी नभएको बताइन् । सञ्चारमाध्यमले उठाएको प्रश्नबारे भने आफू जानकार रहेको उनको भनाइ छ । सरकारले अनुसन्धान गरेर औपचारिक जानकारी नगराएसम्म संसद्ले कँडेललाई कुनै कारबाही गर्न नसक्ने तुम्बाहाङफेले बताइन् । ‘प्रश्न उठेको छ, अनुसन्धान गर्ने निकायले अनुसन्धान गरेर संसद्लाई जे विवरण बुझाउँछ, त्यसका आधारमा मात्र कारबाही अघि बढाउन सकिन्छ,’ उनले भनिन् । 

कांग्रेस प्रवक्ता शर्मा भन्छन्–अनुसन्धानमा सघाउनु कँडेलको कर्तव्य

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दोहोरो नागरिकता विवादमा मुछिएका आफ्ना सांसद देवेन्द्रराज कँडेलले तथ्य प्रस्ट्याउने र अनुसन्धानलाई सघाउनुपर्ने बताएका छन् । सार्वजनिक रूपमा प्रश्न उठिसकेपछि तथ्य प्रस्ट पार्नु कँडेलको कर्तव्य हुने उनको भनाइ छ । 

‘प्रश्न उठिसकेपछि तथ्य प्रस्ट्याउने र आवश्यक खोजिए अनुसन्धानलाई सघाउने उहाँ (कँडेल)को कर्तव्य हो, त्यो उहाँले निभाउनुहुनेछ,’ प्रवक्ता शर्माले मंगलबार साँझ ट्विट गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्