
काठमाडौं- डीएआर मुभिजले तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ सार्वजनिक गरेको छ ।
प्रभावन जेको शब्द, संगीत रहेको गीतलाई प्रभावन जे, सरोज लामिछाने र सपना गुरुङले स्वर दिएका छन् ।
गीतको एरेन्ज जीवन वडु र मिक्सिङ मनोज डंगोलले गरेका छन् ।
म्युजिक भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल र विवेक चौलागाईको अभिनय रहेको छ ।
प्रभावन जे स्वंमको निर्देशन रहेको म्युजिक भिडियोमा छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई, ड्रोन ममल प्रसाई, सम्पादन अमृत चापागाई, शृङगार माहि सिं, कला राजाराम गौतम, व्यवस्थापन कृष्ण गौतम सहयोग गोकुल दंगाल र बद्रि दंगालको रहको छ ।
म्युजिक भिडियो डीएआर मुभिजको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस् :