०६ साउन २०८३, बुधबार

सामुहिकरुपमा व्यावसायिक मेवा खेती

कात्तिक ६, २०७६
सामुहिकरुपमा  व्यावसायिक मेवा खेती

राजविराज –सप्तरीको कञ्चनरुप नगरपालिकाका तीन कृषकले संयुक्तरुपमा व्यावसायिक मेवा खेती शुरू गरेका छन् ।

रोपेको आठ महीनामै मेवा बिक्रीका लागि तयार हुने  भएपछि  यहाँ सामूहिकरुपमा मेवा खेती गरिएको हो । एउटा मेवाको बोटले कम्तीमा ५० र बढीमा १०० किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले व्यावसायिकरुपमा यो खेती शुरूगरिएको  स्थानीय कृषक पीताम्बर कर्णले बताए।  

व्यावसायिकरुपमा यो खेती गर्न फाइदाजनक हुने भएकाले उक्त नगरपालिकाका निवासी पीताम्बर कर्ण र दीपक गुप्ता तथा अनिल प्रधानले पाँच बिघा जमीनमा अहिले करीब दुई हजार ५०० मेवाको बोट लगाएका हुन् ।

करीब रु २० लाखको संयुक्त लगानीमा  प्राङ्गारिक मल हालेर खेती शुरूगरिएकाले उत्पादन पूर्णरुपमा प्राङ्गारिक हुने र मेवा पनि स्वास्थ्यका लागि फाइदाजनक हुने उनीहरूको भनाइ थियो  । पाइवरनका रेडलेडी जातको मेवाको बीउ भारतको पुनाबाट ल्याएर रोपिएको कृषक कर्णले बताए। सोे मेवा खेतीसँगै एक बिघा जमीनमा करीब १५ हजार बोट सयपत्री ९गैन्दा०फूल तथा एक कट्ठा जमीनमा ड्रायगन फुडको खेती मेत गरिएको छ ।
    
प्रदेश नं २ सरकारले अहिले युवालाई उक्त खेतीतर्फ आकर्षित गर्न विशेष प्याकेज कार्यक्रम ल्याएको  हुनाले आफूहरुले यो खेती  गरेको कृषक कर्णले बताए। नेपालमा भारतीय मेवाले ९५ प्रतिशत बजार ओगटेको छ ।

भारतीय मेवाका कारण नेपाली पूँजी पलायन हुन थालेकाले पनि यो खेती आवश्यक रहेको कृषक कर्णको भनाइ थियो । केही दिन अगाडि  प्रदेश २ का भूमि तथा कृषिमन्त्री शैलेन्द्र साहले सो मेवा खेती अवलोकन गरेका थिए  ।
 

salt training

कमेन्ट गर्नुहोस्