
काठमाडौं – रुसको एक दुर्गम समुद्री किनारमा गँगटा संकलन गरिरहेका एक व्यक्तिको छाला भालुले काढेको छ । भालुले उनको कान चुँडिदिएको छ अनि उनको गोडा समेत काट्नुपरेको छ ।
भयंकर आक्रमणमा परेका अलेक्से इभानोभ्स्कीलाई प्यारामेडिकहरूले होशमा ल्याएका थिए ।
उनको तालु, ढाड र नितम्बको छाला च्यातिएको थियो, एउटा कान चुँडाइएको थियो र धेरै घाउ लागेपछि एउटा गोडा नै काट्नुपरेको थियो ।
उनी अहिले कोमामा छन् । चिकित्सकहरूले उनको जीवन बचाउन संघर्ष गरिरहेका छन् ।
इभानोभ्स्कीले गँगटा टिप्दै गर्दा खैरो भालुहरूको एक समूहले घेराबन्दीमा पारेको थियो ।

एक वयस्क भालुले उनलाई आक्रमण गरेर उनको गोडामा दाह्रा गाडेको थियो र छाला चिथोर्दै उनलाई घिसारेको थियो ।
आफ्ना सन्तानलाई बचाउने कोशिश गर्ने आमा भालुले आक्रमण गरेको विश्वास गरिएको थियो ।
अलेक्जेन्डर नामक अर्का व्यक्तिलाई पनि भालुले घाइते बनाएको थियो ।
एजेन्सी