०८ असार २०८३, सोमबार

हिमालय क्षेत्रका नदी फोहर गर्न नहुनेमा जोड

कात्तिक ६, २०७६
हिमालय क्षेत्रका नदी फोहर गर्न नहुनेमा जोड

काठमाडौं – मानवीय सभ्यताको विकास हिमालय खण्डबाट भएकाले यस क्षेत्रका नदीमा फोहर गर्नु नहुनेमा जोड दिइएको छ । 

वाग्मती सुन्दरता सरोकार मञ्चले बुधवार जोरपाटीमा आयोजना गरेको सफाइसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा भारत सफाइ अभियानका मुख्य अभियानकर्मी विन्दुभूषण दुवेले नेपाल नै सभ्यताको मुहान भएकाले नदीनाला स्वच्छ हुनुपर्ने बताए ।

सफाइ मानव जीवनसँग अत्यन्तै महत्व राख्ने विषय भएकाले हिमालय क्षेत्रको संवेदनशीलतालाई बुझेर अब घर घरबाट रुख रोप्ने अभियान शुरू गर्नुपर्ने सफाइ दूतसमेत रहेका उनको भनाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले मुहान क्षेत्रदेखिकै वाग्मती सफाइमा स्थानीय सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मञ्चका अध्यक्ष उत्तम पुडासैनीले वाग्मती सफाइ अभियानका क्रममा हासिल भएका अनुभव र सफलताका कथा कार्यक्रममा प्रस्तुत गरेका थिए ।

सो अवसरमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत तथा आयोजना प्रमुख लीलाप्रसाद ढकालले वाग्मतीका भावी कार्यक्रमका बारेमा जानकारी गराउँदै ३ महिनाभित्रमा पशुपति मन्दिरअघिको नदीमा हातले चलाउन मिल्ने पानी बगाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा आई डि एस नेपालका तर्फबाट प्रभा पोखरेल, गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायणबहादुर सुवेदी लगायतले सफाइ अभियानले नदी सफा गर्नुपर्छ भन्ने जागरण ल्याएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्