०३ असार २०८३, बुधबार

प्रधानमन्त्रीले भेनेजुयलाका राष्ट्रपति मडुरोलाई भेट्ने

कात्तिक ७, २०७६
प्रधानमन्त्रीले भेनेजुयलाका राष्ट्रपति मडुरोलाई भेट्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग अजरबैजानको राजधानी बाकुमा भेटवर्ता गर्ने भएका छन् । 


असंलग्न आन्दोलन (नाम)को १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिष्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् । 

मडुरो नामको वर्तमान अध्यक्ष हुन् । ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ । वार्ताबारे प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छैन । ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनलाई नायडुललगायतसँग भेटवार्ता गर्ने गर्नेछन् । अन्नपूर्ण पोस्ट्मा यो खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्