३० असार २०८३, मंगलबार

संक्रमणकालीन न्यायमार्फत द्वन्द्वपीडितको पीडा सम्बोधन गर्न माग

कात्तिक ७, २०७६
संक्रमणकालीन न्यायमार्फत द्वन्द्वपीडितको पीडा सम्बोधन गर्न माग

काठमाडौं - द्वन्द्वपीडित साझा चौतारीले द्वन्द्वकालमा गरिएका सबै किसिमका जघन्य मानवअधिकार उल्लंघनको घटनाको निष्पष छानबिन गरी पीडितलाई न्याय र पीडकलाई दण्ड दिन सरकारसमक्ष माग गरेको छ । 

मागसहितको प्रेस विज्ञप्ति देहायबमोजिम छ :

नेपालको १० वर्षे सशस्त्रद्वन्द्व (२०५२—२०६३) मा भएका हत्या, बलपूर्वक बेपत्ता, यातना, बलात्कार, यौनजन्य हिंसाजस्तागम्भीर मानवअधिकार उल्लंघनका घटनाहरुका कारण हजारौं निःशस्त्र निहत्था नागरिकहरु पीडित भए । द्वन्द्व पक्षहरुबाट भएका गम्भीर मानअधिकार उल्लंघनका कारण ठुलो संख्यामा नागरिकहरुमा मानसिक, भौतिक, पारिवारिक तथा सामाजिक आघात परेको छ । गम्भीर मानवअधिकार उल्लंघनका कारण आधारतमा परेका ती द्वन्द्वपीडित नागरिकहरुका पीडा त्यसै पिल्सिरहेका छन । द्वन्द्वका घाउहरुमा मलम लगाउनका लागी गठन गरिएका भनिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले ४ वर्षसम्म्मा पनि पीडितको पीडामा मलम लगाउने, पीडाको पीडा सुन्ने कुनै ठोस काम गर्न सकेनन ।

उता पीडितहरुलाई पीडाले कोक्याइरहेको छ । सरकार र आयोगहरुको यो उदासिनता र अकर्मण्यताका कारण द्वन्द्व साझा चौतारीले पीडितहरुको पीडालाई ध्यानमा राखेर पीडितहरुले आफुले भोगेका घटनाहरु अभिव्यक्त गर्ने सत्यको बयान कार्यक्रम आयोजना गरेको थियो । कार्तिक् १ गते सुर्खेतमा द्वन्द्वकालमा भएका गम्भीर मानबअधिकार हननका कारण युवा तथा वालवालिकामा पर्न गएको असर एवं कार्तिक ४ गते दाङमा गमभीर मानवअधिकार उल्लंघनका कारण भएको यातना, अपांगता तथा अंगभंगका कारण नागरिकहरुले भोग्नुपरेको पीडा, क्षति, भोगाई आदिका वारेमा उक्त कार्यक्रमको आयोजना गरेको थियो । 

पीडितहरु आफुले भोगेका पीडा उन्मुक्त भएर व्यक्त गर्ने र अलिकति भएपनि मन हलुका पार्ने अवसरबाट समेत शान्ति सम्झौता भएको १३ वर्षसम्म पनि वञ्चित नै छन् । राज्यले वास्ता नगरेपनि पीडितलाई पीडाले कोक्याइरहेको छ । द्वन्द्वमा भएका मानवअधिकार उल्लंघनका कारण अपांगता भएका तथा यातना भोगेका व्यक्तिहरुका असर तथा प्रभावका कथाहरु थेरै भएपनि व्यक्त गर्ने अवसर प्रदान गर्ने, पीडा व्यक्त गर्ने मौका दिएर थोरै भएपनि मन हलुका पार्ने, पीडितहरुवीच एकआपसमा पीडाको साटासाट गरेर भाइचाराको विकास गर्ने, पीडितका पीडा तथा भोगाईहरुको आर्रकाइभिड्ड गर्ने र सत्य आयोगलाई समेत सहयोग गर्ने, पीडा भोग्ने म मात्र होइन आफ्नो जस्तो पीडा अरुको पनि रहेछ भन्ने महसुस गराउने, पीडितको पीडाप्रति समाजको हराउदैं गएको संबेदनशीलतालाई पुनर्जागरित गराउने र यस प्रकारको पीडा र समस्यालाई वास्तवमै समाधानका लागि ऐक्यवद्धता हासिल गर्ने एवं पीडितका पीडाहरु सम्बोधन गर्नका लागि यस्ता पीडा तथा भोगाईका घटनाहरु मर्फत राज्यका निकायहरुलाई झक्झक्याउने उद्धेश्य बमोजिम द्वन्द्व पिडित साझा चौतारीले यस सत्यको बयान कार्यक्रमको आयोजना गरेको हो ।

पतिनिधिमुलक रुपमा गरिएका दुवै कार्यक्रमहरुमा पीडितहरुले असाध्यै मार्मिक मन छुने पीडा तथा भोगाईरु सुनाउने आंट गर्नुभयो । त्यस्तो आंट गर्नुहुने सम्पुर्ण पीडितहरुलाई चौतारी हार्दिक आभार व्यक्त गर्दछ । वर्षैसम्म पीडा गुम्स्याएर बस्नुभएका एकजना पीडितले कुकुरको प्रयोग गरेर बलात्कार गराइएको घटनाको पीडा राख्नुभएको थियो । त्यस्तो पीडा सुन्दा आम श्रोता नै स्तब्ध हुनुभएको थियो । उक्त घटना अक्ष्यम्य, घृणित र क्रुरतम खालको युद्ध अपराध हो । तालिम नदिइकन कुनै पनि जनावरले बलात्कार गर्दैनन् । यस तथ्यलाई ध्यानमा राखेर विचार गर्दा सेनाभित्र कुकुरहरुलाई युद्ध बन्दीमाथि बलात्कार गर्न तालिम दिइने गरिन्थ्यो भन्ने संकेत गर्छ । तालिम दिइनु भनेको कुनै प्रणालीबद्ध योजना थियो भन्ने नै अर्थ लाग्छ । त्यो अक्षम्य छ । सेनाकै स्वच्छताका लागि पनि यसको यथोचित छानबिन हुनै पर्छ । तसर्थ पीडितहरुको लगत लिने, छानबिन थाल्ने र सत्य पत्ता लगाउन उनीहरुको मनो विश्लेषणका लागि फरेन्सिक साइकोलोजिस्ट तथा अन्य विज्ञहरु विदेशबाट झिकाएर भए पनि वैज्ञानिक ढंगले अनुसन्धान अघि बढाउन सरकारले अविलम्ब कदम चाल्नु पर्छ भन्ने हाम्रो माग छ । यस प्रकारको जघन्य अपराधको छानविन गरी पिडकलाइ कारबाहि गर्न सरकार र सम्वन्धित निकायसंग द्वन्द्व पीडित साझा चौतारी जोडदार माग गर्दछ ।

पीडामा पिल्सिरहेका आफ३ना नागरिकहरुको पीडाको सुनुवाई गर्नका लागि इमान्दार हुनु र उक्त पीडाहरुमा मलम लगाउनका लागि तत्काल विश्वसनीय र ठोस कदम चाल्नु सरकारको उत्तरदायित्व भएकोले राजनैतिक स्वाथको चपेटामा परेको संक्रमणकालीन न्यायमाथि थप उदासिनता नदेखाउन र तत्काल पीडित समुदायको भावना र सर्वोच्च अदालतको फैसला बमोजिम पक्रिया अगाडि बढाउन जोडदार माग गर्दछ ।

जनकबहादुर राउत      

अध्यक्ष

भागीराम चौधरी

महासचिब              

salt training

कमेन्ट गर्नुहोस्