०८ साउन २०८३, शुक्रबार

बैतडीमा डोजरले किच्दा १ जनाको मृत्यु

कात्तिक ७, २०७६
बैतडीमा डोजरले किच्दा १ जनाको मृत्यु

बैतडी –स्काभेटरले किच्दा  बैतडीमा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।

लामालेक– ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए।

 स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् ।  फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव क्षतविक्षत अवस्थामा  घटनास्थलमै रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्