
काठमाडौं –र्यापर समिर घिसिङ 'भिटेन' पक्राउ परेका छन् ।
भिटेनलाई महानगरीय अपराध महाशाखाले जावलाखेलबाट पक्राउ गरिएको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले लोकान्तरलाई बताए ।
अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी थापाको भनाई छ । उनका अनुसार, गीतको भिडियोमा अनुमतिबिना नै असईको ड्रेस लगाएर गाँजा मोलेको समेत पाइएको छ । त्यसैकारण उनलाई पक्राउ गरिएको हो ।