०२ साउन २०८३, शनिबार

भारतसँग सीमा जोडिएका क्षेत्रमा ‘सीमा क्षेत्र विकास कार्यक्रम’ सञ्चालन

कात्तिक २०, २०७४
भारतसँग सीमा जोडिएका क्षेत्रमा ‘सीमा क्षेत्र विकास कार्यक्रम’ सञ्चालन

नेपालगन्ज, २३ चैत–  नेपाल सरकारले भारतसँग सीमा जोडिएका बाँके जिल्लाका गाविसमा २०७२/०७३ देखि सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ ।

यस जिल्लाको १२ ग्रामीण र नेपालगन्ज उपमहानगरपालिकाका दुई वडासँग सीमा जोडिएका क्षेत्रमा सो कार्यक्रम सञ्चालनका लागि सरकारले चालु आव २०७३/२०७४ का लागि जिल्ला समन्वय समितिलाई रु तीन करोड २९ लाख बजेट विनियोजन गरेको छ ।

भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको विकासको अवस्था दयनीय हुने गरेको तर सँगै सीमापारी भारतीयको अवस्था त्योभन्दा राम्रो देखिएको कुरालाई दृष्टिगत गरी सरकारले यो कार्यक्रम सञ्चालन गरेको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए ।

कार्यक्रमअन्तर्गत विद्युतीकरण, कालोपत्रे सडक र इँटा बिछ्याइएको सडक, ढल निकास, कलभर्ट निर्माण, शौचालय निर्माण, आयस्तर वृद्धिलगायतको गतिविधि सञ्चालन हुने जनाइएको छ ।

‘सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिले प्रष्ट देखिने काम गर्नुपर्ने निर्देशन गरेकाले हामीले सोहीबमोजिम कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ,’ स्थानीय विकास अधिकारी प्याकुरेलले भने ।

सरकारले बाँके जिल्लासहित मुलुकका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लामा सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ । जसअन्तर्गत साविक २१२ गाविस र २६ नगरपालिकाको ११२ वडालाई कार्यक्रममा समेटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्