
रौतहट- चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफ्ताब आलमलाई हिरासतमा राख्न दोस्रो पटक ८ दिन म्याद थपिएको छ ।
जिल्ला अदालत रौतहटले यसअघि दिएको ७ दिनको म्याद सकिएपछि पुन: म्याद थपका लागि शुक्रवार अदालतमा पेश गरिएको हो ।
न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
आलममाथि २ नेपालीसहित २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप छ ।
२०६४ साल चैत २८ को संविधान सभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा भएको घटनाको अनुसन्धानका लागि सांसद आलम गत आइतवार रौतहटबाट पक्राउ परेका हुन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।