२१ असार २०८३, आइतबार

एनसेलको तिहार अफर : चार गुणा बढी फोरजी डेटा बोनस

कात्तिक ८, २०७६
एनसेलको तिहार अफर : चार गुणा बढी फोरजी डेटा बोनस

काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी ग्राहकका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्तर्गत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्नेछन् ।

यो अफर बिहीवार (कार्तिक ८) बाट लागू भई १५ दिन सम्मका लागि सञ्चालनमा रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरीद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाइदा लिन सक्नेछन् ।  

कर बाहेक रु १५ (कर सहित रु १९.१५) शुल्क रहेको ७५ एमबीप्याकको खरीदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक रु ७५ (करसहित रु ९५.७७) शुल्कमा आउने ५०० एमबीको खरीदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरूप पाउनेछन् । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वाएनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाइने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिमप्रयोग गरी फोरजी नेटवर्क सञ्चालनमा रहेका स्थानहरूमा चलाउन सक्नेछन् ।   

चाडपर्वको अवसरमा सञ्चालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाइबीच सम्पर्कमा रहिरहन, शुभकामना आदानप्रदान तथा खुशी साटासाट गर्न मद्दत पुर्‍याउने विश्वास एनसेलले लिएको छ । 

यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफूलाई नजिकै पर्ने एनसेल सेन्टरमागई आफ्नो सिमलाई फोरजी सिम अर्थात् युसिमसँग साट्न सक्नेछन् । यसको लागि रु १ शुल्क लाग्छ । यस प्रक्रियामार्फत युसिम लिने ग्राहकले सात दिनको समयसीमा रहेको एक जीबी डेटा पनि पाउनेछन् । यो डेटा दिनको समयमा अर्थात् बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स ३२४ ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाइदा लिन सक्छन् । 

salt training

कमेन्ट गर्नुहोस्