काठमाडौं- शोभा सत्यालको तिहार गीत 'भैलो रे' सार्वजनिक भएको छ ।
उक्त तिहार गीतमा स्वर, लय तथा शब्द सत्याल स्वयंकै रहेको छ ।
सुरेन्द्र श्रेष्ठले खिचेको भिडियोलाई दृष्टि सत्यालले कोरियोग्राफ गरेकी हुन् ।
गीतलाई मनोहर सुनामले एरेन्ज गरेका हुन् ।
भिडियोमा कृष्णाकुमारी, सुरेश, माया, नहराज, शोभा, मथुरा, वर्षा, कमला,सविना, शिल्पा, रिदिमा, दृष्टिलगायतको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् :