
‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका भिटेन भनिने -यापर समीर लामा, घिसिङ रिहा भएका छन् ।
गीत गाएकै आधारमा पक्राउ गरिएको भन्दै चोतर्फी आलोचना भएपछि उनलाई प्रहरीले रिहा गरेको हो । ललितपुर प्रहरी प्रमुख टेक प्रसाद राइले उनी रिहा भएको जानकारी दिए ।
चन्द्रनिगाहापुर घर भई हाल ललितपुर बस्ने घिसिङलाई प्रहरीले दुई दिनअघि झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको थियो ।
उनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरूपयोग गरेको आरोप लागेको थियो ।