काठमाडौं २३ चैत्र– आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि भएको मतदाता नामावली अनुसार सबभन्दा धेरै मतदाता भएको जिल्ला मोरङ बनेको छ भने कम मतदाता भएको जिल्ला मनाङ बनेको छ ।
तराईको मोरङमा ५ लाख ६३ हजार ८ सय ७० मतदाता छन भने हिमाली जिल्ला मनाङमा ५ हजार ५९ मात्र मतदाता छन् । धेरै मतदाता हुने जिल्लामा क्रमश काठमाडौं, झापा, रुपन्देही, सुनसरी, कैलाली, धनुसा, नवलपरास, सर्लाही र बारा छन् ।
यस्तै सवभन्दा कम मतदाता हुने जिल्लामा मनाङपछि क्रमश मुस्ताङ, डोल्पा, हुम्ला, मुगु, रसुवा, जुम्ला, तेह्रथुम, कालीकोट र सोलुखुम्बु छन् । स्थानीय निर्वाचनमा १ करोड ४० लाख ४५ हजार ४ सय ८२ जना मतदाताले भोट हाल्न पाउने छन् ।

इन्फोग्राफिक्सः नेपाल भोट्स