३० असार २०८३, मंगलबार

प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मदुरोबीच भेटवार्ता

कात्तिक ९, २०७६
प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मदुरोबीच भेटवार्ता

अजरबैजानमा जारी असंलग्न आन्दोलन(नाम)को१८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार बाकु कन्भेन्शन सेण्टरमा भेटवार्ता भएको छ । 
सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकामा राष्ट्रपति मदुरोलाई धन्यवाद दिए । उनीहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो । 

    शिखर सम्मेलनमा भारतको नेतृत्व गरेका  भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि शुक्रबारै भेटवार्ता भएको बताइएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्