२८ जेठ २०८३, बिहीबार

बग्दादी मारिएपछि यी व्यक्ति बने आईएस प्रमुख

कात्तिक ११, २०७६
बग्दादी मारिएपछि यी व्यक्ति बने आईएस प्रमुख

काठमाडौं – आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)  का प्रमुख अबु बकर अल बग्दादी मारिएपछि संगठनका नउाँ प्रमुख अब्दुल्लाह कार्दश बनेका छन् । 

अमेरिकी रक्षा सूत्रहरूका अनुसार, कार्दशले इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनको अन्तर्गत रही सेनामा काम गरेका थिए । कार्दशले पहिलेदेखि नै आईएसका अनेकौं मामिला सम्हालेको बताइन्छ । 

बग्दादी आफूले कुनै पनि कारवाहीमा भाग नलिने गरेको र अनुमति मात्र दिने गरेको बताइएको छ । ऊ युवाहरूलाई ब्रेनवाश गर्ने गर्थ्यो । तर कार्दश चाहिँ कुनै पनि कारवाही सफल बनाउनका लागि प्रमुख भूमिका निर्वाह गर्ने गरेको बताइएको छ । 

रिपोर्टहरूका अनुसार, यसै वर्षको अगस्ट महिनामा भएको एक हवाई आक्रमणमा बग्दादी घाइते भएको थियो । त्यसपछि उसले आतंकवादी संगठनको कमान्ड अब्दुल्लाह कार्दशलाई सुम्पेको थियो । बग्दादीलाई मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो । 

बग्दादीको मृत्युको विषयमा अमेरिकाका राष्ट्रपति ट्रम्पले भने, ‘मैले बग्दादीको स्वास्थ्यका बारेमा सुनेको थिइनँ । उसको स्वास्थ्य ठीक थिएन भन्ने मैले सुनेको थिएँ । तर उसको खतरनाक मृत्यु भएको म तपाईंलाई बताउन सक्छु ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्