२३ जेठ २०८३, शनिबार

मनोज गजुरेल बने शी चिन फिङ, धुर्मुस प्रधानमन्त्री !

कात्तिक ११, २०७६
मनोज गजुरेल बने शी चिन फिङ, धुर्मुस प्रधानमन्त्री !

काठमाडौं- सिस्नोपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा हाँस्यकलाकार मनोज गजुरेलले शी चिनफिङको अभिनय गरेका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनय गरिसकेका गजुरेल आइतवार सिस्नुपानीले गरेको देउसी भैलोमा चिनियाँ राष्ट्रपति शी चिन फिङको क्यारिकेचर गर्न मञ्चमा देखिए । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर गर्दै सीताराम कट्टेल (धुर्मुस) पनि आँगनमा आइपुगे । 

राष्ट्रपति चिन फिङ र प्रधानमन्त्री ओलीबीच केही बेर वार्तालाप भयो । चीनका राष्ट्रपतिले नेपालका प्रधानमन्त्रीलाई खेलौनाको रेल र पानी जहाज दिँदै गर्दा भने दर्शकको हाँसो थामिएन ।

यसरी देउसी भैलोमार्फत सिस्नुपानी नेपालले समाजका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक ढङ्गबाट प्रस्तु गर्दै हँसाउन थालेको २१ वर्ष भयो । नेपाली हास्यव्यङ्ग्य साहित्यलाई उचाइ दिन २०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालले देउसी भैलो खेलेर सरकार र प्रशासनलाई कडा रुपमा खबरदारी गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्