०६ असार २०८३, शनिबार

गुल्मीमा जुवा खेल्ने १७ जना पक्राउ

कात्तिक ११, २०७६
गुल्मीमा जुवा खेल्ने १७ जना पक्राउ

गुल्मी – जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले आइतवार राति १७ जनालाई पक्राउ गरेको छ ।

गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिंह अधिकारीको घरबाट उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले २ लाख ८२ हजार रुपैयाँ बरामद गरेकोे प्रहही नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–७ का कृष्णबहादुर खनाल, सुजन अधिकारी, लीलासिंह अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यमबहादुर कार्की, सुमन टण्डन, हरि खत्री, पूर्णबहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, विक्रम बस्नेत, नारायण टण्डन, रेसुंगा नगरपालिका–१२ का सन्तोष टण्डन, अनिल बस्नेत लगायत छन् ।

salt training

कमेन्ट गर्नुहोस्