२८ जेठ २०८३, बिहीबार

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

कात्तिक ११, २०७६
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

राजविराज – कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली टोलमा सोमवार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु भएको छ  ।

मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ बजार बस्ने असर्फी शर्माका ३५ वर्षीय छोरा राजेश शर्मा रहेको प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ५२७ नम्बरको मोटरसाइकल सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली टोलमा दुर्घटना भएको थियो । 

मोटरसाइकल दुर्घटनामा परी चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने अन्दाजी २६ वर्षीय दिपेशकुमार गोजेवार घाइते भएका छन् । दुर्घटनामा परी उनको टाउको फुटेको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ  ।  

उनलाई उपचारका लागि स्थानीय पोलिक्लिनिक फत्तेपुरमा भर्ना गरिएको छ । मोटरसाइकललाई प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्