०२ असार २०८३, मंगलबार

उपनिर्वाचनमा अन्तर्घात हुन सक्ने डर मान्दै सभापति देउवा

कात्तिक ११, २०७६
उपनिर्वाचनमा अन्तर्घात हुन सक्ने डर मान्दै सभापति देउवा
फाइल फोटो

काठमाडौँ - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सोमवार दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताए ।

गलबिभ पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताए । आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ सङ्ग्रहको सङ्ज्ञा दिँदै उनले जनमत काङ्ग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन र पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा सभापति देउवाले जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘जय नेपाल स्मारिका २०७६’ को विमोचन गरे ।

salt training

कमेन्ट गर्नुहोस्