
काठमाडौँ– राजधानीको महाराजगन्जको एक जुवा खालबाट पक्राउ परेका जुवाडेहरुको तिहार प्रहरी हिरासतमै हुने भएका छन् ।
उनीहरुलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुन सकेन र उनीहरु प्रहरी हिरासतमै रहने भएका हुन् ।
सोमबार एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
शनिवार राती ती जुवाडेहरु रङ्गेहात पक्राउ परेका थिए भने उनीहरुको साथबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेकसमेत बरामद भएको थियो ।
यति धेरै परिमाणमा नगदसहित जुवाडे पक्राउ परेको सम्भवतः यो पहिलो पटक भएको बताइएको छ।