काठमाडौं २३ चैत–मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पुनः संसदको पाँचौ ठूलो दल बनेको छ ।

१४ सांसदसहित संविधानसभा निर्वाचनमा संसदको पाँचौ ठूलो दल बनेको लोकतान्त्रिक उपेन्द्र यादवको फोरम नेपाल र अशोक राईको संघीय समाजवादी पार्टी एकीकरण भएपछि छैठौ दल बन्न पुगेको थियो । संसदमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपापछि फोरम लोकतान्त्रिक पाँचौ ठूलो दल बनेको हो ।
बुधवार शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीका २ सांसद र विश्वेन्द्र पासवानको पार्टी फुटाएर दलित जनजाती पार्टी खोलेकी यसोदा लामासहित ३ सांसद गच्छादारको पार्टी प्रवेश गरेपछि फोरम संसदको पाँचौ ठूलो शक्ति बनेको हो ।
बुधवार काठमाडौंको तिनकुनेस्थित एक पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी पार्टी एकताको घोषणा गरिएको हो ।
राष्ट्रिय दलको मान्तयता पाउन ३ प्रतिशत न्युनतम भोट ल्याउनु पर्नेगरी निर्वाचन कानूनमा दलहरुबीच सहमति जुटेपछि संसदका साना दल एकतामा लागेका हुन् । विजयकुमार गच्छेदार पार्टीको नामको अगाडि रहेको मधेसी शव्द हटाउन राजी भएपछि यी दुई पार्टी एकीकरणमा आएका हुन् ।
यसअघि नयाँ शक्ति पार्टीका सहसंयोजक महेश कर्मोचा सहितका नेता पनि गच्छेदारको पार्टीमा प्रवेश गरेका थिए । नयाँ पार्टीको नाम जनअधिकार फोरम लोकतान्त्रिक राख्ने सहमति भएको नेताहरुले बताएका छन् ।