२१ जेठ २०८३, बिहीबार

सुरक्षा गस्तीले गर्‍यो पटाका बरामद

कात्तिक १३, २०७६
सुरक्षा गस्तीले गर्‍यो पटाका बरामद
प्रतिकात्मक तस्वीर

लहान – सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले सिरहाको नवराजपुर गाउँपालिका–४ र ५ को विभिन्न स्थानबाट पटाका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नवराजपुर र सीमा प्रहरी चौकी नवराजपुरबाट खटिएको सयुंक्त टोलीले अवैधरूपमा भारतबाट नेपालतर्फ ल्याएको ५२ हजार रुपैयाँ मूल्य बराबरका ३ बोरा पटाका बरामद गरेको हो ।

बरामद गरिएको उक्त परिमाणका पटाकालाई सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बल नवराजपुर कार्यालयमा बुधवार नष्ट गरिएको सशस्त्र प्रहरी बल नवराजपुर (बीओपी) का प्रमुख सशस्त्र प्रहरी निरीक्षक कञ्चन थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्