२१ जेठ २०८३, बिहीबार

जम्मु कश्मीरमा आतंकवादीहरूले लाइन लगाएर मारे मजदूर

कात्तिक १३, २०७६
जम्मु कश्मीरमा आतंकवादीहरूले लाइन लगाएर मारे मजदूर

काठमाडौं – जम्मु–कश्मीरमा शान्तिपूर्ण वातावरण हेर्न २३ जना युरोपेलीहरू पुगेकै दिन आतंकवादीहरूले पाँचजना प्रवासी मजदूरको हत्या गरेका छन् । 

दक्षिण कश्मीरको कुलगाम जिल्लास्थित कठरासू गाउँमा आतंकवादीहरूले घटना गराएका हुन् । केही दिनयता आतंकवादीहरूले प्रवासी मजदूर, ट्रक ड्राइभर र व्यापारीहरूलाई तारो बनाउँदै आक्रमण गरिरहेका छन् । 

आधिकारिक सूत्रहरूका अनुसार, आतंकवादीहरूले ६ जना मजदूरलाई अपहरण गरेका थिए र लाइनमा उभ्याएर गोलीले भुटे । तीमध्ये पाँचजनाको मृत्यु भयो र जहरुद्दीन नामक मजदूर नराम्ररी घाइते भए । उनलाई श्रीनगर अस्पतालमा भर्ना गरिएको छ । 

आतंकवादीहरूले ६ दिनअघि शोपियाँमा दुईजना ट्रक ड्राइभरहरूलाई गोली हानेर हत्या गरेका थिए । त्यसअघि पनि उनीहरूले मजदूरहरूको हत्या गर्ने गरेका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्