२९ असार २०८३, सोमबार

खुम्बु भ्रमणमा आएका पर्यटकको मृत्यु

कात्तिक १३, २०७६
खुम्बु भ्रमणमा आएका पर्यटकको मृत्यु

सोलुखुम्बु – खुम्बु क्षेत्रको भ्रमणमा आएका १ विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मंगलवार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

उनका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन । शवको मंगलवारै कानूनी प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्