२६ असार २०८३, शुक्रबार

सडक दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

कात्तिक १३, २०७६
सडक दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

पोखरा –पोखरामा सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेशीसहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए। 

दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकोमा गए राति उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा१य ८७५ नं को स्कारपियो गाडीले गुरुङ सवार ग१२प ८८०० र अर्को ग ९ प ५४८२ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेका पोखरा–८ का अजित गुरुङ तथा गाडी चालक पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्