२० असार २०८३, शनिबार

लेबनानमा सरकारविरोधी प्रदर्शन जारी रहेपछि प्रधानमन्त्रीले राजीनामा दिने

कात्तिक १३, २०७६
लेबनानमा सरकारविरोधी प्रदर्शन जारी रहेपछि प्रधानमन्त्रीले राजीनामा दिने

काठमाडौं – लेबनानका प्रधानमन्त्री साद अल–हरिरीले देशमा चलिरहेको विरोध प्रदर्शन रोक्न नसकेकाले राजीनामा दिने बताएका छन् । 

मंगलवार राष्ट्रको नाममा सम्बोधन गर्दै हरिरीले राजीनामा दिने घोषणा गरेका हुन् । शिया समूहहरू हेज्बोल्लाह र अमालले राजधानी बेरुतमा सरकारविरोधी प्रदर्शनकारीहरूको शिविरमा आक्रमण गरेपछि सुन्नी मुसलमान प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् । 

लेबनानमा चरम भ्रष्टाचार मौलाएको र सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछिकै सबभन्दा खराब आर्थिक संकट छाएको भन्दै विरोध प्रदर्शनहरू भइरहेका छन् । 

‘१३ दिनदेखि लेबनानीहरूले राजनीतिक समाधानका लागि एक निर्णयको प्रतीक्षा गरिरहेका छन् । उक्त निर्णयले अर्थतन्त्रलाई थप खराब बनाउन रोक्छ । मैले यसबीच समाधानको उपाय खोज्ने कोशिश गरेको थिएँ अनि जनताको आवाज सुन्न खोजेको थिएँ,’ हरिरीले भाषणमा बताए । 

‘हामीले संकटको सामना गर्नका लागि ठूलै झड्का दिनुपर्ने भएको छ । म राष्ट्रपति भवन गएर राजीनामा दिँदैछु । हामीले लेबनानलाई जोगाउने र यसको अर्थतन्त्र पुनरुद्धार गर्ने जिम्मेवारी वहन गर्नुपर्छ ।’

हरिरीको राजीनामापछि प्रदर्शनकारीहरूले खुशी व्यक्त गरेका छन् तर राजीनामाले मात्र नपुग्ने, पूरै व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् । 

लेबनानको अर्थतन्त्र चरम संकटमा परेपछि नगद नै पाउन मुश्किल हुन थालेको छ । लेबनीज पाउन्ड निकै कमजोर बनेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्