०७ असार २०८३, आइतबार

प्रहरी कारबाहीमा ब्राजिलमा १७ को मृत्यु

कात्तिक १३, २०७६
प्रहरी कारबाहीमा ब्राजिलमा १७ को मृत्यु

ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

    प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

    “प्रहरीले उनीहरूलाई गोली प्रहार गरेको थियो, त्यसपछि अस्पताल लगिएको थियो,” एक प्रहरी अधिकारीले भने । उनले थपे, “त्यसपछि उनीहरूलाई अस्पतालमै मृत घोषणा गरिएको थियो ।”

    लागुऔषध प्रयोगकर्ता र कारोवारीका विरुद्धमा विषेश अभियान नै चलाएको ब्राजिलको प्रहरीले यो घटनालाई सफलताको रूपमा लिएको छ । 

    घटनास्थलबाट प्रहरीले १७ वटा हतियार पनि बरामद प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

    लागुऔषधको कारोवार नियन्त्रण गर्न ब्राजिलको उत्तरी क्षेत्रमा धेरै समूहले काम गरिरहेका छन् । 

    त्यो क्षेत्र छिमेकी मुलुकहरू कोलम्बिया, पेरु र बोलिभियासँगको रणनीतिक महत्वको क्षेत्र मानिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्