३१ जेठ २०८३, आइतबार

आलमविरुद्ध तीन कसुर, कुनमा के सजाय ?

कात्तिक १४, २०७६
आलमविरुद्ध तीन कसुर, कुनमा के सजाय ?

काठमाडौं –आलमविरुद्ध तीन कसुर, कुनमा के सजाय ? 

१. ज्यानसम्बन्धी कसुर 

नियतपूर्वक कसैले कसैको ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउनुहुँदैन । निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पु¥याएकोमा तत्कालै ज्यान नगई सोही चोटका कारण पछि ज्यान गएमा पनि उसैले ज्यान मारेको मानिनेछ । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैद सजाय हुनेछ (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७) ।

२. ज्यान मार्ने उद्योग कसुर
कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्नुहुँदैन । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिवाना हुनेछ (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३) ।

३. विस्फोटक पदार्थसम्बन्धी कसुर 

कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देजविपरीत विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्नुहुँदैन । कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना तथा नरम विस्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुनेछ । त्यस्तै, सामान्य विस्फोटक पदार्थ भए तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना सजाय हुनेछ (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १३८) ।


आलम मुद्दामा यस्तो छ प्रहरीको मिसिल 

अफ्ताबका वकिलहरूले २७ चैत ०६४ मा बम विस्फोट नै नभएको दाबी गर्दै आएका छन् । तर, प्रहरीले बम विस्फोटको घटना देख्ने प्रत्यक्षदर्शी समसुल मियाँसँग प्रमाण लिएको छ । विस्फोटकै राति तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदीको कमान्डमा घटनास्थलमा खटिएका सुरक्षाकर्मीसँग बयान लिएको छ । घटनामा घाइते भएका सर्लाहीका सफी मोहम्मदसँग पनि बयान लिएको छ । फरेन्सिक रिपोर्टले पनि सफीको छाती र पेटको घाउ बम विस्फोटबाटै भएको प्रमाणित गरेको छ । त्यसवेला सफीले उपचार गरेको भारतको बिहारस्थित अस्पतालबाट पनि रिपोर्ट ल्याएको छ । 

अफ्ताबका वलिकहरूले इँटाभट्टामा लगेर कसैको शव दहन नगरिएको दाबी गरेका छन् । तर, विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टमा लान प्रयोग गरिएको ट्र्याक्टर प्रहरीले फेला पारेको छ । उक्त ट्र्याक्टर अफ्ताबका भाइ महताब आलमको नाममा दर्ता भएको प्रमाणसमेत भेटाएको छ । 

विस्फोटमा मारिएका भनिएका त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तर बेपत्ता भएको र अफ्ताबले नचिन्ने उनका वकिलहरूको दाबी छ । तर, रौतहटस्थित यमुनामाई गाउँपालिकाले त्रिलोक र ओसी दुवैको मृत्यु भएको प्रमाणित गरिसकेको छ । यमुनामाई गाउँपालिकाले जारी गरेको मृत्यु दर्ता प्रमाणपत्रमा उनीहरूको मृत्यु २७ चैत ०६४ मा रौतहट फरहदवा–४ मै भएको उल्लेख छ । मृत्यु हुनुअघि उनीहरूलाई घाइते अवस्थामा देख्ने प्रत्यक्षदर्शीलाई समेत भेटेर प्रहरीले बयान लिएको छ । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्