२४ जेठ २०८३, आइतबार

धादिङमा बोलेरो दुर्घटना, २३ जना घाइते

कात्तिक १४, २०७६
धादिङमा बोलेरो दुर्घटना, २३ जना घाइते
सन्दर्भ तस्वीर

धादिङ- दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीवार ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जीप पल्टिँदा २३ जना घाइते भएका छन् ।

जीपमा ३० जना सवार रहेको बताइएको छ ।

कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । 

घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ । थप विवरण आउन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्