२१ जेठ २०८३, बिहीबार

कृष्णबहादुर महरा मुद्दासहित जिल्ला अदालत काठमाडौंमा पेश

कात्तिक १४, २०७६
कृष्णबहादुर महरा मुद्दासहित जिल्ला अदालत काठमाडौंमा पेश
फाइल फोटो

काठमाडौं – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयले मुद्दासहित जिल्ला अदालतमा पेश गरेको छ ।

केहीबेरअघि महरालाई वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ल्याएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्धको मुद्दा दर्ता अदालतमा दर्ता गर्दैछ ।

प्रहरीले अनुसन्धान सकेर तिहार अगाडि नै जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो । महिलामाथि बलात्कार प्रयास आरोपमा गत असोज १९ गते पक्राउ परेका महरालाई प्रहरीले ३ पटक म्याद थपेर अनुसन्धान गरेको थियो । 

महिलामाथि दुर्व्यवहारको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । स्वास्थ्यको कारण दर्शाउँदै महरा अस्पतालमा बसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्