०३ असार २०८३, बुधबार

कृष्णनगर घटनाका मुख्य आरोपीलाई प्रहरीले समात्यो

कात्तिक १६, २०७६
कृष्णनगर घटनाका मुख्य आरोपीलाई प्रहरीले समात्यो

रुपन्देही – लक्ष्मीपूजाको मूर्ति बिसर्जन गर्न गइरहेको र्‍यालीलाई प्रहरीले रोक्न खोज्दा भएको झडपमा गोली लागी एक व्यवसायीको मृत्यु भएको घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

कृष्णनगरमा भएको उक्त घटनामा जमालले मूर्ति विसर्जन यात्रामा विवाद खडा गर्न खोजेको भन्दै शनिवार उनकै निवासबाट पक्राउ गरेको हो ।

जमाललाई अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

बुधवार भएको उक्त विवादपछि प्रहरीले कर्फ्यू नै लगाउनु परेको थियो । बिहीवार बिहान ११ बजेदेखि लगाइएको कर्फ्यू शनिवारमात्र हटाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्