२१ असार २०८३, आइतबार

उपचारको अभावमा सुत्केरीको मृत्यु

कात्तिक १६, २०७६
उपचारको अभावमा सुत्केरीको मृत्यु

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–१ छतारा स्वास्थ्यचौकीमा शनिवार एक सुत्केरीको मृत्यु भएको छ ।

सुत्केरी भएको ६ घण्टापछि स्वास्थ्यचौकीमा ३५ वर्षीया रेजिया नेपालीको ज्यान गएको हो ।

प्रहरी नायब निरीक्षक जनक ढुङ्गानाका अनुसार छतारा विशालबजारकी नेपाली चौथो सन्तान जन्माउन शुक्रबार राति स्वास्थ्यचौकी पुगेकी थिइन् ।

उनले राति नै बच्चा जन्माएको र शनिबार बिहान मृत्यु भएको स्वास्थ्यचौकीका अनमी सुमित्रा पाध्यायले बताए ।

यसअघि जिल्ला अस्पतालमा दुई सुत्केरीको मृत्यु भएको थियो पाँच सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्