०६ असार २०८३, शनिबार

भारतीयको दिमाग विदेशीको भन्दा सानो

कात्तिक १७, २०७६
भारतीयको दिमाग विदेशीको भन्दा सानो

काठमाडौं – पश्चिमा देशका मानिसको तुलनामा भारतीयको दिमागको आकार सानो छ । एक अध्ययनले यो तथ्यको खुलासा गरेको हो ।

यो अध्ययन हैदराबाद आईआईआईटीमा भएको हो र न्युरोलोजी इन्डिया नामक जर्नलमा प्रकाशित भएको हो । अध्ययनका अनुसार पूर्व तथा पश्चिमका मानिसको तुलनामा भारतीयको दिमाग लम्बाइ, चौडाइ तथा घनत्वमा सानो हुने गरेको पाइएको छ । 

यो अध्ययनको समयमा हैदराबाद आईआईआईटीले पहिलोपटक इन्डियन ब्रेनएटलास तयार पारेको छ ।

यो शोध अल्जाइमर तथा दिमागसँग सम्बन्धित बिमारीलाई मध्यनजर गर्दै गरिएको हो । यो अध्ययनपछि दिमागसँग सम्बन्धित बिमारी तथा समस्या थाहा पाउनका लागि सहुज हुने बताइएको  छ ।

यो अध्ययन इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजी हैदराबाद (आईआईआईटी–एच) का शोधकर्ताहरूले गरेका हुन् ।

शोधकर्ताका अन्सार भारतीयको दिमागको  आकार सानो छ । फरक फरक स्क्यानबाट यो कुरा सार्वजनिक भएको हो । कारोबार दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्