काठमाडौं – हङकङमा महिनौंदेखि चलिरहेको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले शनिवार चीनको आधिकारिक समाचार संस्था शिन्ह्वाको कार्यालयमा तोडफोड गरेका छन् ।
स्थानीय मिडियाले हङकङको वान चाई जिल्लामा शिन्ह्वाको कार्यालयमा आगो लगाइएको र तोडफोड गरिएको दृश्य सार्वजनिक गरेका छन् ।
घटनाको बेलामा भवनभित्र कतिजना थिए भन्ने खुलेको छैन । चीनविरुद्ध आक्रोश प्रकट गर्दै प्रदर्शनकारीले चीनसँग जोडिएका बैंक र व्यापारिक प्रतिष्ठानमा समेत तोडफोड गर्ने गरेका छन् । आफूहरूको अधिकार खोसिएको उनीहरूको आरोप छ ।
शनिवार बिहान केही प्रदर्शनकारीहरूले ग्यासोलिन बम फ्याँकेपछि प्रहरीले अश्रूग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।
एजेन्सी