०८ असार २०८३, सोमबार

प्लास्टिकको फोहरबाट इन्धन बनाउँदै बेलायती कम्पनी

कात्तिक १७, २०७६
प्लास्टिकको फोहरबाट इन्धन बनाउँदै बेलायती कम्पनी

काठमाडौं – बेलायतमा हरेक वर्ष लगभग ५० लाख मेट्रिक टन प्लास्टिकको फोहर निस्कने गरेको छ । त्यसमा एक तिहाइभन्दा पनि कम फोहर रिसाइकल हुन पाउँदैन । 

बेलायती कम्पनी पावर हाउस एनर्जीले यो फोहरबाट इन्धन बनाउने र त्यसको उपयोग हाइड्रोजन कारका लागि हुने जनाएको छ । 

प्लास्टिकबाट बनेका पदार्थलाई साना टुक्रा गराइने र त्यसलाई ८१५ डिग्री सेल्सियसको तापक्रममा तताउने काम गरिन्छ । यसले सिन्थेटिक ग्यासको उत्पादन गर्छ । त्यो हाइड्रोजन, मिथेन र कार्बन मोनोअक्साइडको मिश्रण हो । 

कम्पनीका अनुसार, सिन्थेटिक ग्यासलाई बालेर बिजुली उत्पादन गर्न सकिन्छ । अथवा यसबाट हाइड्रोजन अलग्याएर वाहनहरूमा इन्धनका रूपमा उपयोग गर्न सकिन्छ । 

हाइड्रोजन इन्धन सेल भएका वाहन इलेक्ट्रिक मोटरबाट सञ्चालित हुन्छन् । सेललाई हाइड्रोजन र अक्सिजनको आपूर्ति हुन्जेल बिजुली उत्पन्न हुन्छ । 

ब्याट्रीबाट चल्ने कारहरूको तुलनामा हाइड्रोजन इन्धनयुक्त कारका दुई फाइदा हुन्छन् । पहिलो, कारलाई लामो दूरीसम्म ड्राइभ गराउन सकिन्छ । दोस्रो, इन्धन राख्न केही समय मात्र लाग्छ भने ब्याट्रीलाई चार्ज गर्न घन्टौं लाग्छ ।

पावर हाउस एनर्जीका सीईओले यातायातका लागि हाइड्रोजन राम्रो इन्धन भएको बताए । ठूला ट्रक र बसहरूका लागि भविष्यमा यस्तै इन्धन उपयोग गरिने उनको भनाइ छ । 

हाइड्रोजन फ्युल स्टेसन अहिले निकै कम छ र टाढा टाढा छ । बेलायतमा यस्ता स्टेसन २० भन्दा पनि कम छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्