
काठमाडौं –दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
दिउँसो सवा १ बजेको समयमा सुकुटेबाट बस सुनकोशी नदीमा खसेको नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए ।
अहिले प्रहरी, स्थानीयलगायतको सक्रियतामा उद्दारकार्य भइरहेको समेत उनले बताए ।